नेप्से १९.४२ अंकले घट्याे, २ अर्ब ३२ करोडको कारोबार

- कारोबारमा माछापुच्छ्रे बैंक अब्बल

-



     सफल आवाज    
     असाेज ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असोज । गएको शुक्रबार ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा उक्लिएको नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।

साताको सेयर कारोबार हुने आईतबार पहिलो दिन आज नेप्सेले बिहिबारको लयलाई नपछ्याई बिपरित दिशामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा झरेको छ ।

नेप्सेमा ०.९५ प्रतिशतलले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेर ३८५.६२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटा बाहेक बाँकी १२ वटामा रातो लागेको छ ।

कुल २८५ कम्पनीहरुको सेयर खदिरबिक्री भएको छ । उनीहरुको ९० लाख ३ हजार ९४१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ ९९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको १३ करोड २४ लाख ९८ हजार ९५० रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । सो बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शुभम पावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।