प्रि ओपन सेसन : नेप्सेमा २.१७ अंककाे बृद्धि

-



     सफल आवाज    
     असाेज ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ असाेज । साताकाे सेयर काराेबार हुने आज मंगलबार तेश्राे दिन हाे । नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१७ अंकले बढेकाे पाइएकाे छ।

यसअघि सोमबार ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा बन्द भएको नेप्सेकाे आजकाे सेसनमा २.१७ अंक बढेर २००६.६३ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.९८ अंकले बढेको छ।

आजकाे प्रि ओपन सेसनमा २५ वटा कम्पनीहरुको २ हजार ७ सय कित्ता सेयरकाे खरिदबिक्रीबाट ६ लाख ६७ हजार ८६ रुपैयाँ बराबरको काराेबार भएकाे छ । उनीहरुमध्ये १२ वटाकाे सेयरमूल्य बढेकाे छ । ९ वटाको सेयरमूल्य घटेको छ। बाँकी रहेका ४ वटाकाे सेयरमूल्य स्थिर देखिएकाे छ।