नेप्सेमा १८.४५ अंकको बृद्धि, करिब ३ अर्बको कारोबार

- एनआईसी एशिया बैंक कारोबारमा अब्बल

-



     सफल आवाज    
     असाेज ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ ।

नेप्सेमा आएको यसदिनकाे सकारात्मक लयले लागनीकर्ताहरुको मनोबल बढाएको छ । एउटा उपसमूह बाहेक जम्मैमा हरियो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा उक्लिएको जनाएको छ । नेप्सेमा ०.९२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेर ३८६.२४ विन्दुमा पुगेको छ । यसदिन १३ मध्ये एउटामा रातो लागेको छ । १२ वटा उपसमूहहरुमा हरियो लागेको छ ।

कुल २८६ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ८७ लाख ४ हजार ४७७ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९३ करोड ८० लाख ९ हजार ५१८ रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ८ करोड १८ लाख ८५ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूलय १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ ।