
काठमाडौं, ९ असाेज । नेपाल स्टक एकसचेन्जले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुलाई यथासिघ्र वार्षिक नवीकरणमा सामेल हुन अनुराेध गरेकाे छ । नेप्सेले आज एक सूचना प्रकाशन गरेर नविकरण शुल्क बुझाउन अनुरोध गरेको हाे ।
सूचीकृत कम्पनीहरूले समयमा नविकरण नगरेमा उनीहरूलाई सूचीकरणबाट हटाउन सकिने नेप्सेले जनाएकाे छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ क र ख मा उल्लेख भएकाे व्यवस्था अनुसार कम्पनीहरूले आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म ताेकिएकाे छ । नियमानुसार कम्पनीहरूले साे अवधिभित्र नविकरण गर्नुपर्नेछ ।
नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुने कम्पनीले वार्षिक शुल्क रूपैयाँ ५० हजार बुझाउनु पर्नेछ । यस्तै ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले रूपैयाँ १ लाख शुल्क बुझाउनु पर्ने नेप्सेले जारि गरेकाे सूचनामा जनाइएकाे छ ।
रूपैयाँ ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुने ऋणपत्र वा सामूहिक लागनी काेषका लागि वार्षिक नवीकरण शुल्क रूपैयाँ २५ हजार र ५० करोडभन्दा माथिकाका लागि रूपैयाँ ५० हजार रहेकाे छ ।
ताेकिएकाे समयिभत्र नविकरण शुल्क नतिरेमा वार्षिक १० प्रतिशतले जरिवाना लाग्ने भएकाे छ । निश्चित अवधिमा नविकरण नगरेमा नियमानुसार उनीहरूकाे सूचीकरण स्थगन गरिने नेप्सेले चेतावनी दिएकाे छ।
नेप्सेद्वारा जारि सूचना यहाँ छ