
काठमाडाैं, १० असाेज । आजदेखि काठमाडाैंकाे भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो २०२३ शुरू हुँदैछ । यस पटककाे एक्स्पोकाे नारा “के हामी आत्मनिर्भर छौं ?” रहेकाे छ ।
फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवं नेपाल फर्निचर तथा फर्निसिङ संघकाका महासचिव सञ्जय लामाले एक्स्पोको दिउँसाे १ बजे उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्ने बताएका छन् ।
असोज १४ गतेसम्म ५ दिनसम्म हुने एक्स्पोमा १ सय बढी स्टल रहनेछन् । यसमा विशेष फर्निचर र फर्निसिङका सामग्री रहेका छन् । यसले उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधिकाे हस्तान्तरण, डिलर र व्यवसायीका लागि प्ररवर्धनकाे काम गर्नेछ ।
महासचिव सञ्जय लामाले एक्स्पो राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुकाे साझा थलाे भएकाेले उपभोक्ताकाे लागि सरल र सहज पहुँचकाे माध्यम हुने बताए ।
संघका अध्यक्ष दिनेश अग्रवालले देशकाे फर्निचर तथा फर्निसिङ बजारलाइ बढावा दिन र यहीं उत्पादन हुने सामानलाई एउटै स्थानमा एककर्त प्रदर्शनीमा राख्ने लक्ष्य अनुसार एक्स्पो आयोजना गरिएको बताए । अध्यक्ष अग्रवालले सुस्ताएकाे अर्थ बजारलाइ चलायमान बनाउन यस एक्स्पो महत्वपूर्ण रहेकाे बताए ।
एक्स्पो नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु हुन लागेको हाे । यसलाई किङ कोयलले प्रायोजन गरेको छ । प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर र पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेका छन् ।