सुनकाे भाउ एकैदिन रु ८ सयले घट्याे, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असाेज १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० असोज । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा एकैदिन रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा एकैदिन रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।