
काठमाडाैं, १० असाेज । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६० अंकले बढेकाे नेप्सेले जनाएकाे छ ।
सेयर बजारकाे मंगलबारकाे काराेबार अनुसार नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा उक्लिएकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६० अंकले बढेर २०२३.५२ विन्दुमा उक्लिएकाे छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढेको छ।
आजकाे प्रि ओपन सेसनमा २५ वटा कम्पनीहरूकाे २ हजार ५३१ कित्ता सेयरकाे खिरदबिक्री भएकाे छ । यसबाट ६ लाख ४० हजार ७७१ रुपैयाँ ९० पैसा बराबरको काराेबार भएकाे छ ।
१३ वटाकाे सेयरमूल्य बढेको छ । ११ वटाकाे सेयरमूल्य घटेको छ। एउटाकाे भने मूल्य स्थिर रहेको छ।