नेप्सेमा पुनः करेक्सन, रू १ अर्ब ८१ करोडकाे काराेबार

-



     सफल आवाज    
     असाेज १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा पुनः करेक्सन भएको छ । अघिल्लाे दिन नेप्से परिसूचक १८.४५ अंकले बढेकोमा त्यसको भोलिपल्टै आज भएको करेक्सनले लगानीकर्ताको मनोवल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा झरेको छ । नेप्सेमा ०.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२९ अंकले घटेर ३८२.९४ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २८४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७० लाख ६१ हजार ४०४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ६२ लाख २३ हजार ७ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी भ्यालु फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।