काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोको भाउ घटेको छ । साथै अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ पनि घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा रहेको छ ।
आजको मूल्यसूची