
काठमाडौं, १२ असाेज । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सेयर आईपीओ निष्काशन गर्ने तयारी गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ ।
कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी रहेको छ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
चिरख्वा हाइड्रोपावरकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको बताइएकाे छ।