सुन तोलाको १ लाख ८ हजार ८ सयमा झर्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     असाेज १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असोज । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ ८ सयले घटेको जनाएको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदी तोलामा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयामा कारोबार भएको थियो ।