
काठमाडौं, १३ असाेज । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइपिओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हालै मुक्तिनाथ कृषि कम्पनीलाई १४ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त समेत गरिसकेकाे बताइएको छ ।
कम्पनीलाई सेबोनले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि १४ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएपछि मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आइपिओ जारी गर्ने पहिलाे कृषि कम्पनी बन्न सफल भएकाे जनाइएकाे छ ।