सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असाेज । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले साधारण सभाकाे प्रयोजनका लागि भाेलि साेमबार बुक क्लोज गर्ने बताएकाे छ ।

सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिकाे हकदार बन्न नेपाल स्टक एक्सचेन्जमा सेयर कराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिन्छन् । बैंकले गत वर्षको मुनाफाबाट ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि बैंकले असोज २६ गते साधारण सभा डाकेकाे छ । सभा काठमाडौं कालिकास्थानमा रहेकाे अमृमृतभोगमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विभिन्न वित्तीय एजेण्डाहरुमा छलफल गरी अनुमाेदन गर्नेछ ।

साधारण सभामा अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थालाइ गाभ्ने, गाभिने वा प्राप्ति गर्नका लागि काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरेर पारिश्रमिक ताेक्ने तथा प्रबन्धपत्र संशोधनलगायतका एजेण्डाहरु रहेका छन्।