सुन तोलाको रु १ लाख ८ हजारमा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असाेज १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असोज । गएका केहि दिनदेखि सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो ।

छापावाल सुनमा रुपैयाँ ८ सय ले घटेर तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले गिरावट भई ताेलाकाे १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार पनि छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २५ ले घटेर कारोबार भएको थियो ।