
काठमाडौं, १४ असाेज । साताको सेयर काराेबार हुने पहिलो दिन कारोबार दिन आइतबार आज नेप्सेकाे प्रि ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक सामान्य ०.२७ अंकले बढेकाे छ।
साताकाे अन्तिम काराेबार भएकाे दिन गएकाे बुधबार नेप्से परिसूचक १८.६० अंक घटेर २००४.३० विन्दुमा रहेकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२७ अंकले बढेर २००४.५७ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढेको छ।
यसदिनकाे प्रि ओपन सेसनमा २० वटा कम्पनीहरुकाे ८२६ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ७ लाख ६८ हजार ७१० बराबरको काराेबार भएकाे छ । उनीहरुमा ७ वटाकाे सेयरमूल्य बढेको छ । यस्तै १० व६ाकाे सेयरमूल्य भने घटेको छ। ३ वटाकाे सेयरमूल्यमा फेरबदल भएकाे छैन ।