
काठमाडौं, १४ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । सम्पूर्ण सूचकहरु रातै भएका छन् । चाडबाडको समयमा देखिएको नेप्सेको यो संकेत अब चाडबाड नसकुन्जेलसम्म कायम रहने आकलन गर्न थालिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ । नेप्सेमा १.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले बढेर ३७७.३९ विन्दुमा रहेको छ ।
कुल २८४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६७ लाख २३ हजार ४ सय कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७४२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराइज फष्ट म्युचुअल फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

