पोखरामा ३ दिने जूकि मेसिन चलाउने तालिम संचालन

-



     सफल आवाज    
     असाेज १४ गते २०८० मा प्रकाशित



पोखरा, १४ असोज । कास्की पोखरा हस्तकला संघको आयोजना र स्वस्तिक हस्तकला उद्योगको सहकार्यमा पाेखरामा ३ दिने जूकि मेसिन चलाउने तालिम संचालन गरिएको छ ।

सिलाई पेशा गरिरहेको दिदीबहिनीहरुको स्तर उन्नति तथा एउटै मेसिनले परिवारलाई राम्रै आम्दानी गरेर जीवन निर्वाह गर्नसक्ने भएकोले ३ दिने जुकी मेसिन चलाउने तालिम आयोजना गरिएको बताइएको छ ।

संस्थाको संस्थापक अध्यक्ष हिरा भट्टराई र अध्यक्ष रामकली खड्काले महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित केन्द्रिय सदस्य पार्वती रेग्मी पौडेल, महिला उद्यमी संघ कास्की नेपालको अध्यक्ष शारदा “सरु” बराल, प्रथम उपाध्यक्ष एलिना बराल, द्वित्तिय उपाध्यक्ष मिना प्रधान, तमु धीं नेपाल आमा समितिको नव निर्वाचित अध्यक्ष पवित्रा गुरुङ, सहयात्री आमा समितिको नव निर्वाचित उपाध्यक्ष सविना भण्डारी, सचिव शर्मिला अधिकारीलाई खाँदा ओडाएर सम्मान गरी कार्यक्रमकाे उदघाटन गरिएको थियो ।

महिला उद्यमी महासंघ नेपाल केन्द्रीय सदस्य पार्वती रेग्मी पौडेलले दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरिएकोमा प्रशिक्षार्थीरुलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

महिला उद्यमी संघ नेपाल कास्की अध्यक्ष शारदा सरु बरालले हस्तकला संघ कास्की अभिभाबक संस्था जस्तै भएको र हामीलाई माया तथा सम्मान गरेको भन्दै हार्दिक धन्यवाद ज्ञापन गरिन् । उनले तालिममा सहभागी प्रशिक्षार्थीलाई शुभकामना व्यक्त गर्दै सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

सहयात्री आमा समूहको उपाध्यक्ष सविना भण्डारीले स्वस्तिक हस्तकला उद्योगले महिला सीप विकास तालीम उपलब्ध गराएकोमा धेरै राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरिन् । तालिमको प्रशिक्षक अरबाज मियाले आफ्नो तालिमको अनुभबसहित सकेको मेहनत गरी सिकाउने प्रतिबद्धता व्यक्त गरे ।

कास्की पोखरा हस्तकला संघको उपाध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योगका प्रोपाइटर सीता गुरुङले सहभागिलाई स्वागत गर्दै आधुनिक सिलाई मेसिन चलाउने तालिम आयोजना गर्नुको मुख्य उद्देश्य नयाँ प्रविधिको ज्ञान दिनुमात्र नभई आय आर्जनको लागि क्षमता अभिवृद्धि गर्नु रहेको बताईन ।

उनले सिलाई मेसिन चलाउनेलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन सत्रमा नव निर्वाचित दिदी बहिनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिन् ।

संघको अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको कार्यक्रम स्वस्तिक हस्तकला संघका प्रशिक्षक तथा महिला उद्यमी संघ नेपाल कास्की पोखरा १ इकाइका कोषाध्यक्ष लक्ष्मी शर्माले सञ्चालन गरेकी थिईन ।