अमेरिकी डलरकाे भाउ स्थिर, यूराेसहित अन्यको घट्यो

-



     सफल आवाज    
     असाेज १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ ।

आजको मूल्यसूची