विश्व लगानीकर्ता सप्ताह शुरु, के कुरामा ध्यान दिने ?

-



     सफल आवाज    
     असाेज १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असोज । विश्व लगानीकर्ता सप्ताह २०२३ आजबाट शुरु भएको छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि लगानीको लागि चाहिने शिक्षा, सचेतना, बजारमा भईरहेको वित्तीय विकास र आवश्यकीय सुधारका बारेमा देशव्यापीरुपमा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह २०२३ मनाईने गरिएकाे हो ।

लगानीकर्ताहरुलाई अब्बल बनाउन सेयर नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन आइओएससीओले सन २०१७ देखि विश्वभर लगानीकर्ता सप्ताह मनाउँदै आएको हो ।

आइओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डले बिगतबाटै लगानीकर्ताका लागि सचेतनाका कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताह मनाउँदै आएको छ । विश्वभर सप्ताहको अवसरमा १०० बढी देशमा आजदेखि अक्टुवर ८ तारिखसम्म मनाउने गरिएको छ ।

बोर्डले लगानीकर्तालाई सशक्तिकरण गर्नका लागि देशव्यापी रुपमा आज असोज १५ देखि २१ सम्म विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउदैछ । यसै सन्दर्भमा बोर्डले पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध महत्वपूर्ण विषयहरू प्रकाशमा ल्याएको छ ।

पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरू