दिनदिनै घट्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असोज । लगातार सुनचाँदीको भाउमा गिरावट भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने आज सोमबार दोश्रो दिन हो । यसदिन पनि नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

स्मरण रहाेस्, आईतबार सुन तोलामा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भई कारोबार भएको थियो ।