काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने घटेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४० रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८ पैसा रहेको छ ।
आजको मूल्यसूची