सुन तोलाको १ लाख ६ हजार ६ सयमा झर्यो, चाँदी पनि घट्याे

-



     सफल आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ असोज । दिनदिनै सुनको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १३ सयले घटेकाे जनाएको छ । साथै चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ १३ सयले गिरावट भई तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १३ सयले गिरावट भई तोलाको १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले गिरावट भई तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनमा रपैयाँ १०० तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भई कारोबार भएको थियो ।