
काठमाडौं, १७ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे थप एफपीओ निष्काशन गरिने भएकाे छ । संस्थाले असोज २५ गतेदेखि एफपीओ जारी गर्ने भएकाे हाे ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर जारी गर्ने भएकाे हाे ।
यसका लागि इच्छुक लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओकाे लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।
लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हाे । यसका ७७ वटै जिल्लामा शाखा कार्यालय रहेका छन्। रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोककाे बनेपा नगरपालिका वडा नं. ८ मा रहेकाे छ । यसकाे एक केन्द्रिय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय, ५ उप–प्रादेशिक कार्यालय र १५० वटा शाखा रहेका छन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।