
काठमाडाैं, १८ असाेज। माथिल्लो मैलुङ खोला जलविद्युतकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुल्ला गरिएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर जारी गरेकाे हाे ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरूकाे लागि सेयर निष्काशन गरी बाँडफाँड पनि गरिसकेकाे छ ।
जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता विदेशमा काम गरिरहेका नेपालीहरुका लागि निष्काशन भइसकेकाे छ। ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बितरण भइसकेकाे छ।
याे दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि खुलाएर बिक्री हुन बाँकी रहेकाे ९ हजार २०० कित्तासहित १२ लाख ८४ हजार २०० कित्ता सर्वसाधारणका लागि जारी गरेकाे हाे ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असोज २२ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ५० करोड रहेकाे छ । यसकाे लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।