सुनको भाउ ४ सयले बढ्याे, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असोज । आज बिहिबार पनि सुनको भाउ उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ ४ सयले बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।

बुधबार सुनमा रुपैयाँ ३ सयले बृद्धि भई कारोबार भएको थियो भने चाँदीको भाउ स्थिर नैरहेको थियो ।