
काठमाडाैं, १८ असाेज । साताको सेयर काराेबार हुने बिहिबार आज पाँचाै तथा अन्तिम दिन हाे । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक लयमा गएकाे छ । नेप्सेमा सामान्य ०.३९ अंकले गिरावट भएकाे छ।
यसअघि बुधबार नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा उक्लिएकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३९ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ।
आजकाे प्रि ओपन सेसनमा १६ वटा कम्पनीहरूकाे ३७५ कित्ता सेयरकाे खरिदबिक्रीबाट १ लाख १९ हजार ९३१ रुपैयाँ बराबरको काराेबार भएकाे छ । यस सेसनमा ३ वटाको सेयरमूल्य बढेको छ । १० वटाकाे सेयरमूल्य घटेको छ। ३ वटाकाे सेयरमूल्य स्थिर ।