नेप्सेमा ११.०४ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असोज । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५३ अंकले घटेर ३७३.३७ विन्दुमा झरेको छ ।

कुल २८० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये १२ वटामा रातो लागेको छ । एउटामा मात्रै हरियो लागेको छ । यो समूह म्युचुअल फण्ड रहेको छ । करोबारको आधारमा सबैभन्दा बढी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ४३ लाख ३१ हजार ७०१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ ।