
काठमाडौं, १९ असोज । सातको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
आज सुनचाँदी स्थिर भाउमा नै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । यसरी भाउ स्थिर रहेको सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुनको भाउमा पनि परिवर्तन भएको छैन । भाउ स्थिर रहेको तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहि तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।