प्रभु क्यापिटलको “प्रभु बिग सट” लगानी व्यवस्थापन सेवा शुरू

-



     सफल आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० असाेज । प्रभु क्यापिटल लिमिटेडले “प्रभु बिग सट” लगानी व्यवस्थापन सेवा शुरू गरेकाे छ । क्यापिटलले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग सट” नामक याे सेवा सार्वजनिक गरेको हाे। हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रीत भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएका व्यक्ती तथा संस्थाहरुलाई केन्द्रीत भएको क्यापिटलले जनाएको छ ।

उच्च पदस्त व्यक्तिहरु व्यस्त हुने र लगानीमा उचित समय दिन नसक्ने समस्यालाई मध्यनजर गर्दै क्यापिटलले याे योजना सुरुवात गरेको बताएकाे छ । यो योजनामा सहभागी हुन न्यूनतम लगानी ५० लाख गर्नुपर्नेछ। न्यूनतम लगानीकाे अवधि ३ वर्ष हुनेछ । वार्षिक व्यवस्थापन शुल्क १ प्रतिशत, मुनाफामा लाग्ने शुल्क १५ प्रतिशत हुनेछ । लगानीकर्ताले ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ । विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।

यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र यस योजना संग जुडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखि अभिनव प्रकारका योजनाहरु संचालन गरि रहेको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।