आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३०० ले बढेर तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।