आईतबार सेयर बजार राताम्मै, करिब २ अर्बको कारोबार

-



     सफल आवाज    
     असाेज २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ असोज । साताको सेयर कारोबार हने पहिलो दिन आईतबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारमा देखिएको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा पुगेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको छ । नेप्सेमा १.८२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.७९ अंकले घटेर ३६७.५७ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । नेप्सेमा यसदिन २८९ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख १५ हजार १८९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँ ०८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ६ करोड ७३ लाख ८१ हजार ५६९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।