
काठमाडाैं, २२ असाेज । माथिल्लो मैलुङ खोला जलविद्युतकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि सेयर जारी गरेकाे थियाे ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका सेयर खुलाएकाे हाे।
कम्पनीले १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता सर्वसाधारणाका लागि छुट्याएको थियो। यसबाट १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे। ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भइसकेकाे छ।
आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारी गरी बिक्री नभएकाे ९ हजार २०० कित्तासहित १२ लाख ८४ हजार २०० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएकाे हाे । इच्छुक लगानीकर्ताले घट्माीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
सेयर लगानीकर्ताहरूले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन पाउनेछन्। साथै मेराे सेयर अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




