अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७९ पैसा रहेको छ ।

आजको मूल्यसूची