नेप्सेमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर बजारमा गिरावट हुँदा लगानीकर्ताको मनोबल घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ३६४.७४ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । ११ वटामा रातो लागेको छ । यसदिन कुल २८७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४३ लाख २७ हजार १७९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ३ करोड ५१ लख ४५ हजार ३६९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।