नेप्सेमा ५.१६ अंकको बृद्धि, १ अर्ब माथिकाे काराेबार

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सामान्य सुधार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले बढेर ३६२.०८ विन्दुमा रहेको छ ।

कुल १३ उपसमूहरुमध्ये तीन वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २८६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयरको कारोबारबाट १ अर्ब ८८ करोड ५ लाख ४७ हजार ९८० रुपैया १३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा माण्डु हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ८० लाख ९० हजार ८१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा जिआइसि इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।