आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा काराेबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।