नेप्सेमा २०.१६ अंकको गिरावट, १ अर्ब ७० करोडको कारोबार

-



     सफल आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा नकारात्मक असर देखिएको छ । नेप्सेमा भईरहने बारम्बारको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । यसदिन कुल २९२ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी सनराईज बैंक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो कारोबार १६ करोड ३८ लाख ४८ हजार ४०० रुपैयाँ बराबरको रहेको छ ।

सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य घटेको छ । सो होटलको सेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।