
काठमाडौं, २६ असाेज । नबिल ब्यालेन्स्ड फन्ड–२ काे नगद लाभांश वितरणकाे तयारी गरिएकाे छ । साे फन्डले इकाइधनीलाई कात्तिक १ गतेदेखि नगद लाभांश वितरण गर्ने बताएकाे हाे ।
फन्डको योजना व्यवस्थापककाे रुपमा रहेकाे नबिल इन्भेष्टमेन्ट बैंकिङले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन अनुराेध गरेकाे छ। लाभांश पाउनका लागि इकाइकाधनीहरुले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गराउनु पर्नेछ ।
यस्तै अहिलेसम्म डिम्याट खाता नखोलेकाहरुले खाता खोलेर इकाईकाे डिम्याट गर्नुपर्नेछ । यसरी खाता अद्यावधिक गरेपछि लाभांश जम्मा हुने नबिल इन्भेष्टमेन्टले जानकारी गराएकाे छ । फन्डले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ९.६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएकाे छ ।