
काठमाडाैं, २६ असाेज । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ।
उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकाे छ ।
साथै सभाले सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९- ०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेकाे छ ।
विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ । समारोहमा संस्थालाई योगदान पुर्यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरिएकाे थियाे ।