अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असोज । साताको सुनचाँदीको कारोबार हुने आज छैटौं अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । सुनमा रुपैयाँ ६ सयले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले गिावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।