
काठमाडौं, २८ असोज । बडादसैंको पहिलो दिन घटस्थापनाको दिन आज सुनचाँदीको भाउमा भारी बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैया २ हजार ९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ४५ ले बढेको छ ।
छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ९ सयले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजार ९ सयले बढसर तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले बढेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।