चार संघ-संस्थाहरु मिलेर बन्याे नेपाल धितोपत्र लगानीकर्ता महासंघ

-



     सफल आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित



काठमाडाैं, २८ असाेज । नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरिएकाे छ । सेयर बजारसम्बन्धी काम गर्ने चार संघ संस्थाहरु मिलेर आज महासंघ घोषणा गरेका हुन् ।

चारवटै संस्थाहरूले सेयर लगानीकर्ताहरुका साझा माग र हकहितको लागि एकतावद्ध भएर अगाडी बढ्ने बताएका छन् । एकतावद्ध भएकाहरूमा नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूंजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन रहेका छन्।

महासंघले अब एकिकृत रूपमा सेयर बजारका समस्या लगायतका कामहरू गर्नेछ । साथै सेयर बजार तथा लगानीकर्ताहरूकाे लागि विधिवत् खुलेका संघ संस्थाहरूलाई महासंघमा आवद्ध गराउने र सबै संस्थाका अध्यक्षहरू पालैपालाे महासंघकाे नेतृत्वमा जाने जनाइएकाे छ ।

यस्तै सेयर बजार र लगानीकर्ताहरुको हकहितकाे लागि नियमन निकाय र सरकारसंग आवश्यक वार्ता, छलफल र निर्णय लिनुपर्ने भएमा महासंघकाे तर्फबाट गर्न उनिहरू सहमत भएका छन् । उनीहरूले महासंघकाे घाेषणासंगै दर्ता प्रक्रियामा जाने बताएा छन् ।