
काठमाडाैं, २९ असाेज । मुनाबजार एक्सप्रेस (munaabazarExpress) सातौं शाखाको रुपमा सिटि स्पेस (City Scape) आवास हात्तिवनमा आईतबारबाट बिधिवत् रूपमा शुभारम्भ गरिएकाे छ ।
साे शाखाकाे मुना कृषि लिमिटेडका अध्यक्ष युबराज गुरुङ र हाउजिङका अध्यक्ष गोकुल भण्डारीले दीप प्रज्वलन गरी शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री प्रदिप यादव, स्थानिय महिलाहरुको तर्फबाट बेबी गुरुङ र मुनाका संस्थापक कपिलदेव थापाले चाडपर्व विशेष शुभकामना आदानप्रदान ब्यक्त गरे ।
मुनासंग आबद्ध उद्धमीहरु ओलन डेरी र ओखती कंपनीका क्रमश: यम कार्की र शोभाकान्त बस्यालले आफ्नो उत्पादनको बारेमा जानकारी गराएका थिए ।
मुनाबजारलाई दिएकाे साथ र सहयोगका लागि हाउजिङका ब्यबस्थापक छिरिङ गुरुङ, मुना टिम र उपस्थित सबैमा मुना कृषि लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक युवराज गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मुनाबजार एक्स्प्रेसको संचालन, सेवा तथा बिक्रि बितरणमा खाद्य ब्यबहारमा परिबर्तन, स्थानिय रैथाने र सुरक्षित खानेकुराको उपभोग गर्न सबैमा अनुरोध गर्दै गरिएकाे थियाे ।
मुना कृषि लिमिटेडले आर्थिक मन्दीको मारमा पनि शाखा बिस्तार गरेर कृषि उध्धमशिलता संम्भव छ भन्ने बारेमा सबैमा हौशला दिन सकेको बजार शुभारम्भ कार्यक्रमको संचालन तथा मुनाका प्रमुख ब्यबस्थापक सिता पाण्डेले बताइन् ।
कार्यक्रम रैथाने खाजा तथा जलपानसहित समापन गरिएकाे थियो ।

