बडा दशैंका लागि आजदेखि नयाँ नोट साट्न सुरू

-



     सफल आवाज    
     असाेज २९ गते २०८० मा प्रकाशित



काठमाडाैं, २९ असाेज । नेपाल राष्ट्र बैंकले बडा दशैंका लागि सर्वसाधारणलाई आजदेखि नयाँ नोट साट्न सुरू गरेकाे छ।

राष्ट्र बैंकले काठमाडौं उपत्यका भित्रका सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत लिएका वाणिज्य बैंक र तोकिएका शाखाहरूबाट नयाँ नोट साट्न सक्ने छन्।

काठमाडौं उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशमा रहेकाे कार्यालय तथा वाणिज्य बैंकले तोकेका कार्यालहरूबाट नयाँ नोट सतहीको सुविधा दिइएकाे छ ।

बैंकले अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएकाे छ। ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डलले १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुने व्यवस्था केन्द्रिय बैकले मिलाएकाे छ।

राष्ट्र बैंकले बितेका वर्षहरूमा सटहि गरेजत्तिनै यस पटक पनि नयाँ नाेट सटहिकाे व्यवस्था मिलाएकाे जनाएकाे छ ।