सुन रुपैयाँ ७ सयले सस्तियो, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     असाेज २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ७ सयले गिरावट भई तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा करोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।