एन आई सी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

-



     सफल आवाज    
     असाेज २९ गते २०८० मा प्रकाशित



काठमा‌ण्डाै‌, २९ असाेज । एन आई सी एशिया क्यापिटल लिमिटेडद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा गरेको छ । यहि आश्विन २७ गते शनिबार क्यापिटलको कार्यालय थापाथली, काठमाण्डौमा बसेको संचालक समितिको १३१औं बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु मध्ये एन आई सी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ८ करोड ७६ लाख ९६ हजार र एन आई सी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ७ करोड ५५ लाख नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

एन आई सी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथो वर्ष १३ प्रतिशत तथा पाचौं वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १०.५० प्रतिशत सहित हालसम्म ७५.५० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ भने एन आई सी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । साथै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले आ.व. २०७९/८० मा १० प्रतिशत नगद प्रतिफल घोषणा गरी मिति २०८०/०५/१७ गतेदेखि सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिसकेको बताएको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।