
काठमाडौं, २९ असोज । लगातार नेप्से ओरालोको यात्रामा गएको छ । अघिल्लो दिन नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४ विन्दुमा झरेको थियाे।
नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा पुगेको थियाे । नेप्सेमा भइर्रहेकाे लगातारकाे गिरावटले लगानीकर्ताकाे मनेबल घटाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसिदन नेप्से परिसूचक २३.५५ अंकले घटेर १८५१.०४ विन्दुमा झरेको छ । नेप्सेमा १.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ३५५.७२ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा रातो लागेको छ । कुल २८४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख २७ हजार ४५० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २४ करोड ९६ लाख ८० हजार ७४२ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर ६ करोड २४ लाख ७६ हजार ८९३ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । सो इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

