मिर्मिरे लघुवित्तकाे एफपीओमा आवेदन दिने अन्तिम दिन बाँकी

-



     सफल आवाज    
     असाेज ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले खुलाएकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओकाे बिक्री खुला गरेको थियाे ।

संस्थाले रुपैयाँ १ करोड २३ लाख ८१ हजार ६४५ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा रुपैयाँ १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ जारी गरेकाे हो। इच्छुक लगानीकर्ताले एफपीओमा घटीमा १० तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।

एफपीओमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सम्पूर्ण सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।