अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असाेज ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ४ पैसा र बिक्रीदर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ २६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ ।

आजको मूल्यसूची