
काठमाडौं, ३० असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैया ४ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।